बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टि–२० क्रिकेटः अमेरिकालाई नेपालले दियो १ सय ६५ रनको लक्ष्य


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०८:४५
    टि–२० क्रिकेटः अमेरिकालाई नेपालले दियो १ सय ६५ रनको लक्ष्य

    काठमाडौँ । पहिलो टि–२० खेलमा नेपालले अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ । 

    अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रन बनाएको हो । यो सँगै अमेरिकाले जितका लागि एक सय ६५ रनको चुनौती पाएको छ । 

    कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक  छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

    अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


    प्रतिक्रिया दिनुहोस