बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जर्मन बुन्डेस लिगा: स्टटगार्टमाथि बायर्न म्युनिखको सानदार जित


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०८:२६
    जर्मन बुन्डेस लिगा: स्टटगार्टमाथि बायर्न म्युनिखको सानदार जित

    काठमाडौं । इङ्ल्यान्डका कप्तान हेरी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा स्टटगार्टमाथि सानदार जित दर्ता गरेको छ । 

    शनिबार राति भएको खेलमा बायर्नले स्टटगार्टमाथि ४–१ को फराकिलो जित निकालेको हो । बायर्नको जितमा केनले ह्याट्रिक पूरा गरे । एक गोल कोमनको नाममा रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो ।

    खेलको ५७ औँ मिनेटमा केनको गोलमा बायर्नले सुरुवाती अग्रता लिएको थियो । उनले खेलको ६० र ८० औँ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । 

    वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कोमनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।


    प्रतिक्रिया दिनुहोस