काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज आइतबार साविक विजेता बंगलादेश र पाकिस्तान भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन बंगलादेश आजको खेलमा पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउने योजनामा छ ।
समूह चरणमा पाकिस्तानले अन्तिम खेल खेल्न लागेको हो। यता बंगलादेशले भने च्याम्पियनसिपमा पहिलो खेल हो ।
अघिल्लोपटक नेपालमा नै भएको च्याम्पियनसिपमा बंगालदेशले नेपाललाई हराउँदै पहिलो पटक उपाधि उचालेको थियो ।
समूह ‘ए’ मा रहेको पाकिस्तान च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । पाकिस्तान आजको खेलमा विजयी भए अन्तिम चारमा पुग्ने सम्भावना जिवित रहनेछ ।
बराबरी या हारको नतिजाले पनि सेमिफाइल पुग्ने सपना अधुरै रहनेछ । पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसँग ५–२ गोल अन्तरले पराजित भएको थियो ।