बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आर्सनल बोर्नेमाउथसँग स्तब्ध, युनाइटेड र टोटेनह्याम विजयी


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०८:४१
    आर्सनल बोर्नेमाउथसँग स्तब्ध, युनाइटेड र टोटेनह्याम विजयी

    काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा बोर्नेमाउथले १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गर्दै उसको अपराजित यात्रा अन्त्य गरेको छ ।

    पहिलो हाफमै विलियम सलिबा आफ्नो करिअरको पहिलो रेड कार्ड खाँदा भिटालिटथ्या स्टेडियममा आर्सनल२-० ले स्तब्ध बन्यो । पहिलो हाफकै ३० मिनेटमै आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

    यद्यपि आर्सनल अधिकांश समय गोलरहित बराबरीमा रोकिए पनि खेलको अन्तिम ३० मिनेट बाँकी रहँदा २ गोल खान पुग्यो । खेलमा रायन क्रिस्टाइले ७० औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए ।

    जस्टिन क्लुइवर्टले पेनाल्टीमार्फत ७९ औं मिनेटमा बोर्नेमाउथको अग्रता दोब्बर बनाएको थियो । हारले लिभरपुलको खेलअघि आर्सनललाई शीर्ष स्थानमा पुग्ने अवसर गुमेको छ ।

    त्यस्तै अर्को खेलमा टोटेनह्यामले वेस्टह्यामलाई ४-१ ले पराजित गर्यो । १८ औ मिनेटमा वेस्टह्यामले खेलमा अग्रता बनाएपनि कुलुसेभस्कीले ३६ औं मिनेटमा खेल बराबरीमा ल्याए। दोस्रो हाफमा टोटेनह्यामले तीन गोल गर्यो ।

    उसका लागि यभेस विसौमा र सन हेङ मिनले समान १-१ गोल गर्दा अर्को एक गवल आत्माघाती गोलका रुपमा उपहार पाएको थियो। त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्यो ।

    पहिलो हाफमा पिनकको गोलमार्फत ब्रेन्टफर्डले अग्रता बनाए पनि दोस्रो हाफमा युनाइटेडले पुनरागमन गरेको थियो । उसका लागि अलेजान्द्रो गारान्चोले ४७ औं मिनेटमा बराबरी गोल गर्दा रासमुस होजलुन्डले ६२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    त्यस्तै अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३-१ ले हराउँदा न्युक्यासल ब्राइटनसँग १-० ले परजित भयो । त्यस्तै लेस्टरले साउथहेम्टनलाई ३-२ ले हराउँदा एभर्टनले इप्सविच टाउनलाई २-०ले पराजित गर्यो ।


    प्रतिक्रिया दिनुहोस