बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिटीको अपराजित यात्रा कायमै, लिभरपुलले चेल्सीलाई हरायो


    हुलाक प्रेस

    • सोमबार, कात्तिक ५ २०८१०९:३९
    सिटीको अपराजित यात्रा कायमै, लिभरपुलले चेल्सीलाई हरायो

    काठमाडौँ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमयर लिगमा अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा वल्भेसलाई २-१ ले पराजित गरेको हो ।

    सिटीको जितमा इन्जुरी समयको गोल निर्णायक बन्यो । सिटीका लागि जोन स्टोनेसले इन्जुरी समयको पाँचौ मिनेटमा गरेको गोल निर्णायक बनेको हो । त्यसअघि खेलमा अग्रता भने वल्भेसले ७ औं मिनेटमै जोर्गेन स्ट्रान्ड लर्सेनको गोलमा लिएको थियो ।

    तर सिटीले जोस्को गार्डिओलको गोलमा ३३ औ मिनेटमा बराबरी गोल गरेको थियो । तर त्यसपछि थप गोल हुन सकेन । त्यस्तै अर्को खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले चेल्सीलाई २-१ ले पराजित गर्यो । एनफिल्डमा भएको खेलमा नवनियुक्त प्रशिक्षक अर्ने स्लटले आफ्नो प्रभावसालि प्रदर्शनलाई निरन्तरता दिए । स्लटले लिभरपुलबाट खेलेका सुरुवाती ११ मध्ये १० खेलमा जित निकालेका छन् ।

    लिभरपुललाई अग्रता दिलाउने क्रममा मोहम्मद सालहले २९ औ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै रेफ्रिले दोस्रो पेनाल्टीको मौका दिए पनि भिएआर चेक गर्दा उक्त पेनाल्टीले मान्यता पाएन ।

    दोस्रो हाफको सुरुवातमै चेल्सीले खेल बराबरीमा ल्यायो । निकोलस ज्याकसनले ४८ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर उनको बराबरी लामो समय रहन सकेन । लिभरपुलका कर्टीस जोनेसले ३ मिनेटपछि नै गरेको गोल लिभरपुलका लागि निर्णायक बन्यो ।

    जितपछि लिभरपुल ८ खेलको समाप्तिमा २१ अङ्क बनाएर तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै सिटी २० अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।
     


    प्रतिक्रिया दिनुहोस