बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • राजतन्त्रको भूत बडार्न हामी सडकमा आएका हौंः महेश बस्नेत


    हुलाक प्रेस

    • बिहीबार , मंसिर ७ २०८०१२:००
    राजतन्त्रको भूत बडार्न हामी सडकमा आएका हौंः महेश बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ‘राजतन्त्रको भुत पन्छाउन’ आफूहरु सडकमा आएको बताएका छन्। राजतन्त्र फिर्ताको नारासहित सडक प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईप्रति लक्षित गर्दै बस्नेतले ‘राजतन्त्रको भुत’ आफूहरुले पन्छाउने दाबी गरे। 

    ‘दुर्गा प्रसाई जस्ता व्यक्तिलाई अघि सारेर राजतन्त्रको भुत आएकाले पन्छाउने गरी सडकमा आएका हौँ,’ उनले भने, ‘यो कार्यक्रम पुरातनवादी शक्तिलाई पनि चेतावनी दिने कार्यक्रम  हो। अहिले शान्तिपूर्ण जुलुस सुरु गरेर साढे १ बजेपछि कोणसभामा परिणत गर्दै समापन गर्ने छौँ।’

    बिहीबार प्रसाईसँगै एमालेनिकट युवा संघले पनि काठमाडौंमा सडक प्रदर्शन आयोजना गरेको छ। उक्त सडक प्रदर्शनबारे जानकारी दिँदै बस्नेतले आफूहरुको प्रदर्शन शान्तिपूर्ण हुने बताए। सुरुमा शान्तिपूर्ण र्‍याली निकाल्ने र त्यसपछि कोण सभामा परिणत हुँदै समापन गर्ने उनको भनाइ छ। 

    ‘हामी शान्तिपूर्ण र्‍याली सञ्चालन गर्छौँ। कोटेश्वर हुँदै हामी बल्खुसम्म पुग्न सक्छौँ। कुनै पनि निषेधित क्षेत्र तोडिँदैन,’ बस्नेतले भने, ‘हामी महंगी, भ्रष्टाचार र  अनियमितताविरुद्ध सरकारलाई सचेतनाका लागि खबरदारी गर्छौँ।’ 


    प्रतिक्रिया दिनुहोस