बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सन्दीप जोराको कप्तानीमा ‘हङकङ क्रिकेट सिक्स’ खेल्ने टोली घोषणा


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ६ २०८१०९:४६
    सन्दीप जोराको कप्तानीमा ‘हङकङ क्रिकेट सिक्स’ खेल्ने टोली घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ‘हङकङ क्रिकेट सिक्स’ खेल्ने टोलीको घोषणा गरेको छ ।

    क्रिकेट हङकङ, चीनको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हुने प्रतियोगिताका लागि क्यानले सन्दीप जोराको कप्तानीमा टोली घोषणा गरेको हो ।

    टोलीमा सन्दीपसँगै लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दिपेन्द्र रावत र राशिद खान छन् । प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।


    प्रतिक्रिया दिनुहोस