बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साफ महिला च्याम्पियनसिप : आज भारत र बंगलादेश भिड्दै


    हुलाक प्रेस

    • बुधबार, कात्तिक ७ २०८१०९:१२
    साफ महिला च्याम्पियनसिप : आज भारत र बंगलादेश भिड्दै

    काठमाडौं । नेपालमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत आज (बुधबार) साविक विजेता बंगलादेश र पाँचपटकको च्याम्पियन भारत भिड्दै छन्।

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। एक खेलअगावै सेमिफाइनल पुगेको भारत आज हुने समूह एको अन्तिम खेल जिते समूह विजेता बन्नेछ। 

    बंगलादेशले भने सेमिफाइनल पुग्न आजको खेलमा बराबरी गर्नुपर्नेछ। आजको खेल समूह विजेता र उपविजेताका बन्नका लागि पनि महत्त्वपूर्ण छ।

    भारतले पाकिस्तानलाई ५-२ गोलअन्तरले हराएको थियो। जितसँगै भारत ३ अंकसहित शीर्ष स्थानमा छ। समान एक अंक भएका बंगलादेश र पाकिस्तान क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।

    सेमिफाइनलमा भारत र बंगालदेश दुवै टोली घरेलु टोली नेपालबाट जोगिन चाहन्छन्। नेपालसँग सेमिफाइनलमा भेट नगर्न पनि दुवै टोली आजको खेल जित्ने लक्ष्यमा छन्। 

    समूह एको विजेताले सेमिफाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। समूह एको उपविजेताले समूह बीको विजेतासँग खेल्नेछ।

    ४ अंक भएको नेपाल समूह बीको शीर्ष स्थानमा छ। समान अंक रहेको भुटान दोस्रो स्थानमा छ भने ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। लगातार दुई खेलमा पराजित माल्दिभ्स भने अंकविहीन छ।

    समूह बीबाट नेपाल, भुटान र श्रीलंका तीनै टोलीका लागि सेमिफाइनल पुग्न बाटो खुला छ। लगातार दुई खेलमा पराजित माल्दिभ्स भने एक खेलअगावै समूह चरणबाट बाहिरिसकेको छ। समूह बीका खेल बिहीबार हुनेछन्। 

     


    प्रतिक्रिया दिनुहोस