बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राफिन्हाको ह्याट्रिकमा बायर्नविरुद्ध बार्सिलोनाको सानदार जित


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८१०९:०४
    राफिन्हाको ह्याट्रिकमा बायर्नविरुद्ध बार्सिलोनाको सानदार जित

    काठमाडौं । राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्ध सानदार जित दर्ता गरेको छ ।
    बुधबार राति भएको खेलमा बार्सिलोनाले बायर्नलाई ४–१ को फराकिलो अन्तरले हराएको हो ।

    खेलको पहिलो मिनेटमै राफिन्हाको गोलमा घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । फर्मिन लोपेजको पासमा राफिन्हाले गोल गरेका थिए । उनले ४५ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । 

    खेलको ३६औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल थपेपछि बार्सिलोनाको अग्रता फराकिलो भएको थियो । खेलको १८औँ मिनेटमा ह्यारी केनले फर्काएको गोल बायर्नका लागि सान्त्वना बन्न पुग्यो । 

    गएरातिकै अर्को खेलमा म्यानचेस्टर सिटीले स्पाटर्क प्रागविरुद्ध ५–० को सानदार जित दर्ता गरेको छ । इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा हालान्डले दुई गोल गरे । फिल फोडेन, स्टोइनिस र म्याथुस नुनेजले एक/एक गोल गरे । 

    अर्को खेलमा लिभरपुलले आरबी लाइपजिग र इन्टर मिलानले योङ ब्वाइजलाई १–० ले हराए । गएराति नै भएको खेलमा एथलेटिको मड्रिड लिलसँग ३–१ ले स्तब्ध बन्न पुग्यो ।


    प्रतिक्रिया दिनुहोस