बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साफ महिला च्याम्पियनसिप: सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८१०९:२१
    साफ महिला च्याम्पियनसिप: सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज बिहीबार समूह ‘बी’ का अन्तिम खेल हुँदैछन्। 

    आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ। 

    सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ। नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ। श्रीलंका पनि  नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ। 

    समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान अकंबाट भुटान दोस्रो स्थानमा छ। ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। अंकविहीन माल्दिभ्स पुछारमा छ। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा मालदिभ्सलाई ११–० ले हराएको थियो। 

    आजै हुने दोस्रो खेलमा भुटान र माल्दिभ्स भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो साढे १ बजेदेखि सुरु हुनेछ। 

    समूह चरणबाट बाहिरिसकेको माल्दिभ्स आजको खेलमा भुटानसँग अकं खोस्न चाहन्छ। सेमिफाइनल प्रवेशसँगै समूह विजेता र उपविजेता बन्न भुटानका लागि आजको खेल महत्वपूर्ण छ। 

    आजका दुई खेलसँगै साफको सेमिफाइनल समिकरण पूरा हुनेछ। समूह ‘बी’ को विजेता टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ। उपविजेता टोलीले भने समूह ‘ए’ को विजेता टोली बंगलादेशसँग खेल्नेछ।
     


    प्रतिक्रिया दिनुहोस