बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लिभरपुलको लगातार तेस्रो जित, म्यानचेष्टर सिटीको ५ गोल


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८१०९:२९
    लिभरपुलको लगातार तेस्रो जित, म्यानचेष्टर सिटीको ५ गोल

    काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइपजिगलाई १-० ले पराजित गरेको छ ।

    डार्विन नुनेजको निर्णायक गोलमा लिभरपुलले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पारेको हो । नुनेजले २७औं मिनेटमा मोहमद सालाहको पासमा गोल गरेका थिए ।

    लगातर तेस्रो जितपछि लिभरपुल ९ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । लिभरपुल अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्ने दुई टोली मध्ये एक हो र संयोगवस दुवै टोली इंग्ल्याण्डकै छन् । यस सिजन एस्टन भिल्लाले पनि गज्जबको प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ । भिल्ला गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

    अर्को इंग्लिस टोली म्यानचेष्टर सिटीले स्पार्टा प्रागलाई ५-० ले पराजित गरेको छ । सिटीका लागि एर्लिङ हालान्डले दुई गोल गरे भने फिल फोडेन, जोन स्टोन्स र माथुएस नुनेजले समान एक गोल गरे ।

    लिगमा दोस्रो जितपछि सिटी तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । सात टोलीको समान ७ अंक भएपनि गोल अन्तरमा सिटी सबैभन्दा अघि छ ।


    प्रतिक्रिया दिनुहोस