काठमाडौं । फरवार्ड देकी ल्हाजोमको पाँच गोलप्रेरित भुटानले साफ महिला च्याम्पियनिसप–२०२४ मा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेको छ । जुन जारी सिजनकै फराकिलो जित हो ।
जितसँगै सात अंक जोडेको भुटानले समूह ‘बी’मा समूह विजेता बन्ने सम्भावना बलियो बनाएको छ । यही समूहको दोस्रो स्थानमा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । नेपाललाई समूह विजेता बन्न आज कम्तीमा पाँच गोलको अन्तरमा जित आवश्यक छ ।