बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साफ फाइनल : नेपालविरुद्ध बंगलादेशले बनायो दोब्बर अग्रता


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १४ २०८१०८:१६
    साफ फाइनल : नेपालविरुद्ध बंगलादेशले बनायो दोब्बर अग्रता

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा घरेलु टोलीविरुद्ध बंगलादेशले अग्रता दोब्बर पारेको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा नेपाल बंगलादेशसँग २–१ ले पछि परेको छ ।  

    दोस्रो हाफको ३७ औँ मिनेटमा बंगालदेशकी रितुपुर्णा चक्माको गोलमा बंगालदेशले नेपालविरुद्ध अग्रता दोब्बर पारेको छ । 

    दोस्रो हाफको २३ औँ मिनेटमा मारिया मान्डाको प्रहार नेपालकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गर्दै उत्कृष्ट बचाउ गरिन् । 

    ६० औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार दोस्रो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो । 


    प्रतिक्रिया दिनुहोस