बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युनाइटेड र चेल्सीले अंक बाढे


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०९:३७
    युनाइटेड र चेल्सीले अंक बाढे

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति महारथी क्लबहरु म्यानचेष्टर युनाइटेड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् ।

    ओल्ड ट्राफोर्डमा ७३ हजार समर्थकमाझ पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । ७०औं मिनेटमा बु्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता बनाएका हुन् ।

    चार मिनेटपछि नै चेल्सीले बराबरी गोल फर्कायो । मोइसेस काइसेडोले गोल टोलीको हार टारेका हुन् ।बराबरपछि चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको युनाइटेड १३औं स्थानमा छ ।

    राति नै भएको खेलमा टोटनहमले एष्टन भिल्लालाई ४–१ ले हरायो ।

    टोटनहमको जितमा डोमोनिक सालान्केले दुई तथा ब्रेनान जनसन तथा जेम्स माडिसनले समान एक गोल गरेका हुन् । यसअघि खेलको पहिलो हाफमा मोर्गन रोजर्सले गोल गर्दै एष्टन भिल्लालाई अग्रता दिलाएका थिए ।

    खेलपछि १८ अंकको एष्टन भिल्ला छैटौँ र १६ अंकको टोटनहम सातौँ स्थानमा छन् ।प्रिमियर लिगमा दशौं चरण चलिरहँदा २५ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । 


    प्रतिक्रिया दिनुहोस