बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लिभरपुलको जितमा डियाजको ह्याट्रिक


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २१ २०८१०९:१८
    लिभरपुलको जितमा डियाजको ह्याट्रिक

    काठमाडौं । लुइस डियाजको उत्कृष्ट प्रदर्शनप्रेरित लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा मंगलबार बायर लेभरकुसनविरुद्ध ४-० को सहज जित दिर्ता गरेको छ ।

    लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । पराजित लेभरकुसेन समान खेलबाट सात अंकका साथ ११औं स्थानमा छ ।

    एनफिल्डमा घरेलु टोली लिभरपुलका लागि डियाजले ह्याट्रिक गर्दा कोडी गाक्पोले एक गोल थपे ।

    खेलको ६१औं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले कर्टिस जोन्सको पासलाई पोस्टको दिशम दिए । त्यसको दुई मिनेटपछि नै मोहम्मद सलाहको पोसलाई सदुपयोग गर्दै गाक्पोले टोलीको अग्रता दोब्बर बनाए । ८३औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यस पटक पनि सलाहले अवसर सिर्जना गरेका थिए ।

    इन्जुरी समयमा डियाजले ह्याट्रिक पूरा गर्दै लिभरपुललाई ४-० को सहज जित दिलाए । लिगअन्तर्गतका अन्य खेलमा डाइनामो जेग्रेबले सोल्भान ब्रिटिसलाभलाई ४-१, पिएसभीले जिरोनालाई ४-०, बोरुसिया डर्टमन्डले एसके स्ट्रम ग्रजलाई १-०, सेल्टिकले आरबी लाइपजिगलाई ३-१ ले पराजित गर्दा युभेन्टस लिलसँग १-१ को बराबरीमा रोकियो ।


    प्रतिक्रिया दिनुहोस