बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बार्सिलोनाको सहज जित


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २२ २०८१०८:३२
    बार्सिलोनाको सहज जित

    काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा बुधबार बार्सिलोनाले घरेलु टोली क्रिभेना ज्भेज्दाविरुद्ध ५-२ को सहज जित निकालेको छ ।

    जितसँगै चार खेलमा ९ अंक जोडेको बार्सिलोना छैटौं स्थानमा छ । चारै खेलमा पराजित ज्भेज्दा विना अंक ३५औं स्थानमा छ ।

    रेड स्टार रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोवर्ट लोवान्डोवस्कीले दुई तथा इनिगो मार्टिनेज, राफिन्हा र फिर्मिन लोपेजले समान एक गोल गरे । ज्भेज्दाका सिलस र मिल्सनले गोल फर्काए । खेलको १३औं मिनेटमा मार्टिनेजको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २७औं मिनेटमा सिलसले ज्भेज्दालाई बराबरीमा ल्याए ।

    लेवान्डोवस्कीले ४३ र ५३औं मिनेटमा गोल गर्दा बार्सिलोना ३-१ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै राफिन्हाले टोलीका लागि चौथो गोल गरे ।

    लोपेजले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५-१ को स्थितीमा पुर्याए । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा मिल्सनले ज्भेन्दाका लागि दोस्रो गोल गरे । 


    प्रतिक्रिया दिनुहोस