बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इन्टर मिलानको अपराजित यात्रा कायम


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २२ २०८१०८:३४
    इन्टर मिलानको अपराजित यात्रा कायम

    काठमाडौं । इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।

    घरेलु मैदान सान सिएरोनमा इन्टरले बुधबार आर्सनलविरुद्ध १-० को कठिन जित निकाल्यो ।

    जितसँगै चार खेलमा १० अंक जोडेको इन्टर पाँचौं स्थानमा छ । पराजित आर्सनल समान खेलबाट सात अंकका साथ १२औं स्थानमा छ ।

    हकान काल्हानोग्लुले गरेको एकमात्र गोल इन्टरको जितमा निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

    काल्हानोग्लुकै प्रहारले मेहदी थरेमीलाई लाग्दै आर्सनलका मिडफिल्डर मिकेल मेरिनोको हातलाई छाएको थियो । भिएआरले इन्टरलाई पेनाल्टीका अवसर दियो । त्यसमा काल्हानोग्लु चुकेनन् ।


    प्रतिक्रिया दिनुहोस