बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युरोपा लिगमा युनाइटेडको पहिलो जित


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २३ २०८१०८:५१
    युरोपा लिगमा युनाइटेडको पहिलो जित

    काठमाडौं । इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन युरोपा लिगमा पहिलो जित निकालेको छ ।

    बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले पाओक एफसीलाई २–० ले हरायो । युनाइटेडको जितमा अमाड डिआलोले दुबै गोल गरेका थिए ।

    चौथो खेलमा पहिलो जित निकालेको युनाइटेड ६ अंकसहित १५औं स्थानमा उक्लिएको छ । यसअघि युनाइटेडले तीन खेलमा अंक बाढेको थियो ।

    पराजित ग्रीसको पाओकको जम्मा एक अंक छ । इटालिको लाजियो १२ अंकसहित शीर्ष स्थानमा छ ।

    ग्रीस टोलीले खेलमा गोलका अवसर बनाएपछि सदुपयोग गर्न सकेन । ७३ हजार समर्थकमाझ युनाइटेड पहिलो हाफमा गोलविहिन भयो । ब्रुनो फर्नान्डेजको पासमा डिआलोले ५०औं मिनेटमा अग्रता बनाए । ७७औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो तीन अंक दिलाएका हुन् । 


  • सम्बन्धित विषय:

  • # युनाइटेड
  • प्रतिक्रिया दिनुहोस