काठमाडौं । अग्रता जोगाउन नसक्दा साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा शनिबार ब्राइटनसँग २-१ ले पराजित भएको छ ।
जितसँगै ११ खेलमा १९ अंक जोडेको ब्राइटन चौथो स्थानमा उक्लिएको छ । पराजित सिटी समान खेलबाट २३ अंकका साथ दोस्रो स्थानमा छ ।
शनिबार फाल्मर रंगशलामा घरेलु टोली ब्राइटनलाई जित दिलाउन जोआओ पेड्रो तथा म्याट ओ’राइलीले गोल गरे । सिटीका लागि एर्लिङ हाल्यान्डल गरे ।
खेलको २३औं मिनेटमा हाल्यान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा सिटी अंक गुमाउन बाध्य बन्यो ।
पेड्रोले ७८औं मिनेटमा ब्राइटनलाई बराबरीमा ल्याए । पाँच मिनेटपछि नै ओ’ राइलीले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।