बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • बेलायत जान नर्सहरुको किन पर्‍यो कम आवेदन ?


    हुलाक प्रेस

    • मंगलबार, मंसिर १२ २०८००९:४१
    बेलायत जान नर्सहरुको किन पर्‍यो कम आवेदन ?

    काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रका लागि ७१ जना नर्सहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । पाइलट प्रोजेक्टको रूपमा १०० जना नर्सहरूलाई पठाउनेगरी सूचना प्रकाशित गरिएको थियो । 

    तीन महिने समय दिएर सूचना प्रकाशित गरिएको थियो । जसमा ७७५ जनाले अनलाइन मार्फत प्रोफाइल तयार पारे । तर, ७८ जनाको मात्रै मापदण्ड अनुसारका प्रमाणपत्र पेस गरेका थिए । तीमध्ये प्रारम्भिक चरणमा ७१ जनाको नाममात्रै अन्तर्वार्ताको लागि सार्वजनिक गरिएको छ । 

    सरकारले अपेक्षा गरेको तुलनामा निकै कम आवेदन परेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर सुनुवारले मापदण्डका कारण कमले आवेदन दिएको बताए । 

    आवेदन दिएका ७८ जनामध्ये १० जनाले मात्रै इन्टरनेशन इङ्लिस ल्याङ्गवेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षा दिएका थिए । यस्तै ६८ जनाले अक्यूपेशनल इङ्लिस टेस्ट (ओईटी) परीक्षा दिएका थिए । आईइएलटीएसमा सात अंक ल्याएको हुनुपर्ने मापदण्ड थियो । त्यस्तै ओईटीमा ‘बी’ ग्रेड ल्याएकाले आवेदन दिन पाउने मापदण्ड थियो । 


    प्रतिक्रिया दिनुहोस