काठमाडौं । स्पेनिस ला लिगामा आइतबार लिग लिडर बार्सिलोना रियाल सोसिडाडसँग १-० ले पराजित भएको छ ।
हारका बाबजुद बार्सिलोना १३ खेलमा ३३ अंकका साथ शीर्षस्थानमा कायम छ । विजयी सोसिडाड समान खेलबाट १८ अंकका साथ आठौं स्थानमा छ ।
एनोइटा रंगशालामा शेराल्डो बेकरले गरेको एक मात्र गोल घरेलु टोली सोसिडाडलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ३३औं मिनेटमा लुका सुचिकको पासलाई पोस्टको दिशा दिए ।