शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इङ्लिस प्रिमियर लिग

    चेल्सी र आर्सनल बराबरीमा रोकिए


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २६ २०८१०८:५५
    चेल्सी र आर्सनल बराबरीमा रोकिए

    काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न लण्डन डर्बीमा चेल्सी र आर्सनल १-१ को बराबरीमा रोकिएका छन् ।

    यो नितजासँगै ११ खेलमा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । समान खेलबाट समान अंक भए पनि आर्सनल गोल अन्तरमापछि पर्दा चौथो स्थानमा छ ।

    स्टाफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीका लागि पेड्रो नेटो र आर्सनलका लागि गाब्रियल मार्टिनेलीले  गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

    खेलको ६०औं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । उनले मार्टिन ओडेगार्डको पासलाई सदुपयोग गरे ।

    पेड्रोले १० मिनेटपछि नै इन्जो फर्नान्डेजसको पासलाई पोस्टको दिशा दिँदै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नक्सदा दुवै टोली बंक बाँड्न बाध्य बने । 


  • सम्बन्धित विषय:

  • # चेल्सी र आर्सनल
  • # इङ्लिस प्रिमियर लिग
  • प्रतिक्रिया दिनुहोस