बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विवादास्पद पेनाल्टीले हारबाट जोगियो पिएसजी


    हुलाक प्रेस

    • बुधबार, मंसिर १३ २०८००९:२५
    विवादास्पद पेनाल्टीले हारबाट जोगियो पिएसजी

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पिएसजी र न्युक्यासलले १-१ गोलको बराबरी खेलेका छन्। च्याम्पियन्स लिगमा नकआउट छनोटका लागि महत्वपूर्ण मानिएको खेलमा इन्जुरी समयको अन्तिम क्षणमा पाएको विवादास्पद पेनाल्टीमा केलियन एम्बाप्पेले गोल गर्न पुग्दा पिएसजीले सम्भावित हार टारेको थियो।

    पिएसजीको घरेलु मैदानमा अधिकांश समय १-० को अग्रता बनाएको न्युक्यासलविरुद्ध अन्तिम समयमा भिएआरको सहयोगमा पेनाल्टी दिइएको थियो। जसलाई विवादास्पद मानिएको छ। रेफ्री स्यामोन मार्सिनाइकले भिएआरको सहयोग लिनु अघि टिनो लिभ्रामेन्टोले डि बक्सभित्र आएको क्रस ह्यान्ड हुन पुगेको थियो।

    त्यसअघि पहिलो हाफमा अलेक्जेन्डर इसाकको गोलमा न्युक्यासलले अग्रता बनाएको थियो। त्यसपछि खेलमा निरन्तर फर्किन प्रयास गरेको पिएसजी अन्नत इन्जुरी समयको ८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्न सफल भयो।

    बराबरी पछि समूह ‘एफ’ मा पिएसजी ७ अङ्कका साथ दोस्रो स्थानमा रहँदा ५ अङ्क बनाएको न्युक्यासल तेस्रो स्थानमा छ। शीर्ष स्थानको बौउरुसिया डर्टुमन्डको १० अङ्क रहेको छ। डर्टमुन्डले एसि मिलानालई ३-१ ले हराउँदै १० अङ्कका साथ नकआउट चरण पक्का गर्यो।

    मंगलबार राति नै भएका अन्य खेलमा शख्तर डोनेस्कले रोयल एन्टरपलाई १-० ले हराउँदा एट्लेटिको म्याड्रिडले फियनोर्डलाई ३-१ ले तथा योङ ब्वाइजले रेड स्टार बेलगार्डलाई २-० ले हराएको थियो।


    प्रतिक्रिया दिनुहोस