बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाँच महिनापछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिँदै नेपाली राष्ट्रिय फुटबल टिम


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २८ २०८१११:५०
    पाँच महिनापछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिँदै नेपाली राष्ट्रिय फुटबल टिम

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबलले टिमले आज पाँच महिनापछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।  

    पछिल्लोपटक गत जुनमा अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ताजाकिस्तानविरुद्ध खेल्न लागेको हो । नेपालले गत जुनमा विश्वकप छनोटअन्तर्गत यमनविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

    ताजाकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुनेछ ।

    अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र ताजाकिस्तान सात वर्षपछि भिड्न लागेका हुन् । यी दुई टिमबीच पछिल्लो पटक सन् २०१७ मा प्रतिस्पर्धा भएको थियो । एएफसी एसिया कप छनोटअन्तर्गत भएका दुई खेल ताजाकिस्तानले २–१ र ३–० ले जितेको थियो । 

    नेपालले फिफाको नोभेम्बर विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । आजको खेलपछि नेपालले आगामी शनिबार अफगानिस्तानविरुद्ध अर्को मैत्रीपूर्ण फुटबल खेल्नेछ ।


    प्रतिक्रिया दिनुहोस