बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्वीट्जरल्यान्डविरुद्ध स्पेनको रोमाञ्चक जित


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ४ २०८११०:५६
    स्वीट्जरल्यान्डविरुद्ध स्पेनको रोमाञ्चक जित

    काठमाडौं । इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै स्पेनले यूईएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डविरुद्ध ३–२ को जित निकालेको छ ।

    सोमबार राति स्पेनमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउन यरेमी पिनो ब्रायन गिल र ब्रयान जारागोजाले गोल गरे । स्वीट्जरल्यान्डका जोएल मान्टेइरो र एन्डी जेक्विरीले गोल फर्काए पनि हार टार्न सकेनन् ।

    खेलको ३२औँ मिनेटमा पिलोले गोल गरेपछि पहिलो हाफमा स्पेन १–० ले अगाडि थियो । ६३औँ मिनेटमा मान्टेइरोको गोलमा स्वीट्जरल्यान्ड खेलमा फर्किएको थियो । ६८औँ मिनेटमा गिलको गोलमा पुनः स्पेनले २–१ को अग्रता बनाएको थियो ।

    ८५औँ मिनेटमा जेक्विरीको गोलमा स्वीट्जरल्यान्ड फेरि खेलमा फर्कियो । तर, इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई जारागोजाले सदुपयोग गरेपछि स्पेनले ३–२ को रोमाञ्चक जित निकालेको हो ।

    यो नतिजाले प्रतियोगिताको समूह ए४ समीकरणमा कुनै फरक पारेको भने छैन । स्पेनले समूह चरणको अन्तिम खेलअगावै शीर्ष स्थान निश्चित गरिसकेको थियो । स्वीट्जरल्यान्ड पुछारमा रहने निश्चित भइसकेको थियो ।

    शीर्ष स्थानको स्पेनले ६ खेलबाट १६ अंक जोडेको छ । समान खेल खेलेको स्वीट्जरल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ ।


    प्रतिक्रिया दिनुहोस