बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप छनोट: मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित


    हुलाक प्रेस

    • बुधबार, मंसिर ५ २०८१११:१३
    विश्वकप छनोट: मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी भएको छ ।

    बुधबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिनाले पेरुलाई १-० गोलले हराएको हो । लाउटारो मार्टिनेजले गरेको एक गोल नै अर्जेन्टिनाको जितका लागि निर्णायक बनेको हो । 

    खेलको ५५औँ मिनेटमा मार्टिनेजले कप्तान लियोनल मेसीको पासमा गोल गरेका थिए । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १२ खेलबाट २५ अंक बनाउँदै शीर्ष स्थानमा छ । पेरु भने ७ अंकसहित तालिकाको पुछार अर्थात् दसौँ स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस