बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शीर्ष स्थानको पिएसजीलाई ६ अंकको अग्रता


    हुलाक प्रेस

    • शनिबार, मंसिर ८ २०८१०९:५४
    शीर्ष स्थानको पिएसजीलाई ६ अंकको अग्रता

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शुक्रबार घरेलु मैदानमा टुलुजलाई ३–० ले पराजित गर्दै लिग वानको शीर्ष स्थानमा ६ अंकको अग्रता कायम राखेको छ ।

    डिफेन्डिङ च्याम्पियनले पहिलो हाफमा दबदबा बनाए पनि ३५औं मिनेटमा गोल गर्न सफल भयो। अचराफ हाकिमीको क्रसमा पोर्चुगलका युवा मिडफिल्डर जोआओ नेभेसले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट हाफ भलीमा गोल गरेका थिए ।

    खेल सकिन ६ मिनेट बाँकी छँदा लुकास बेराल्डोले दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता २–० मा पुर्‍याए । खेलको इन्जुरी समयमा भिटिन्हाले बक्सभित्र उत्कृष्ट फुटवर्क देखाउँदै पिएसजीलाई ३–० को जित दिलाए ।  

    जितसँगै पिएसजीले १२ खेलबाट ३२ अंक पुर्‍याएको छ । पिएसजी दोस्रो स्थानको मोनाकोभन्दा ६ अंकले पछाडि छ । टुलुज १५ अंकसहित १०औं स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस