बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १५ वर्षपछि रियल मड्रिडमाथि लिभरपुलको सानदार जित


    हुलाक प्रेस

    • बिहीबार , मंसिर १३ २०८११०:१६
    १५ वर्षपछि रियल मड्रिडमाथि लिभरपुलको सानदार जित

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २ ० गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको छ।

    यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले ५२ र र कोडी गाक्पोले ७६ औ मिनेटमा लिभरपुलका लागि गोल गरेका हुन्। 

    रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जित हो। लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन। 

    यो जितसँगै पाँच खेलबाट १५ अंक बनाउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा छ। पाँचमध्ये दुई खेल जितेको साविक विजेता रियल मड्रिड ६ अंकसहित २४ औँ स्थानमा छ।


    प्रतिक्रिया दिनुहोस