बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जनकपुरविरुद्ध पावरप्लेमा लुम्बिनीको मध्यम सुरुआत


    हुलाक प्रेस

    • आइतबार, मंसिर २३ २०८१११:५०
    जनकपुरविरुद्ध पावरप्लेमा लुम्बिनीको मध्यम सुरुआत

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले पहिलो पावरप्लेमा ३७ रन बनाएको छ । 

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ३७ रन बनाएको छ । लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल १० र अर्जुन साउद आठ रनमा खेलिरहेका छन् । 

    त्यसअघि टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो । प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार व्यहोरिसकेको छ । यता, जनकपुर भने आज चौथो जितको खोजीमा छ । जनकपुरले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।


    प्रतिक्रिया दिनुहोस