काठमाडौं । लिग लिडर बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा शनिबार घरेलु टोली माइन्जसँग २-१ ले पराजित भएको छ ।
हारका बाबजुद १४ खेलमा ३३ अंक जोडेको बायर्न शीर्षस्थानमा कायम छ । जित निकालेको माइन्ज समान खेलबाट २२ अंकका साथ छैटौं स्थामा उक्लिएको छ ।
मिवा एरिनामा माइन्जलाई जित दिलाउन दुवै गोल लि जे सुङले गरे । बायर्नका लागि लिरोय सानले गोल फर्काए ।
खेलको ४१औं मिनेटमा सुङको गोलमार्फत माइन्जले अग्रता लिएको थियो । ६०औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सानले गरेको गोल बायर्नका लागि सान्त्वना बन्यो ।