बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • करातेमा नेपालका १० वर्षे बालकले जिते स्वर्ण


    हुलाक प्रेस

    • आइतबार, पुस १४ २०८११२:०६
    करातेमा नेपालका १० वर्षे बालकले जिते स्वर्ण

    महाराष्ट्र । भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्णपदक जितेको हो । 

    १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । 

    प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी छन् । रासस


    प्रतिक्रिया दिनुहोस