बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मेस्सी टाइम पत्रिकाको वर्ष खेलाडी घोषित


    हुलाक प्रेस

    • बुधबार, मंसिर २० २०८०११:१२
    मेस्सी टाइम पत्रिकाको वर्ष खेलाडी घोषित

    एजेन्सी । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

    गत जुलाईमा मियामीमा आबद्ध भएका मेस्सीले १४ खेलमा ११ गोल गर्दै टोलीलाई पहिलो ट्रफीका रूपमा लिग्स कपको उपाधि दिलाएका थिए । ३६ वर्षीय खेलाडीले गत अक्टोबरमा कीर्तिमानी आठौँ बालोन डी’ ओरको उपाधि पनि हासिल गरेका थिए ।

    ‘लियोनेल मेस्सीले इन्टर मियामीमा यो वर्ष आबद्ध भएपछि अमेरिकालाई फुटबल राष्ट्रमा परिणत गरे, जुन कुरा असम्भव भनिन्थ्यो,’ टाइमले भनेको छ । टाइम म्यागजिनका अनुसार मेस्सीको आगमनले रंगशालामा दर्शकको सङ्ख्या बढ्नुका साथै टिको मूल्य, मर्चेन्डाइज बिक्री र एमएलएसको दर्शकको सङ्ख्यामा वृद्धि भएको छ ।

    यसअघि जिम्नास्ट सिमोनी बाइल्स, एनबीए सुपरस्टार लेब्रोन जेम्स, पौडीबाज माइकल फेल्प्सले यो उपाधि हासिल गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस