काठमाडौं । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने नेता गोपाल किराती सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले उदयपुर र खोटाङ जिल्लाबाट किराती सहित अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिइएको बताए ।
नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी नाम खारेजीको माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ ।
तर सो बन्दको वास्ता नगरि कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । एमालेको कार्यक्रममा बाधा नहोस् भनेर कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।