बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बार्सिलोनाको पुनरागमन जित


    हुलाक प्रेस

    • आइतबार, वैशाख २१ २०८२११:२६
    बार्सिलोनाको पुनरागमन जित

    काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगामा शनिबार रियाल भालाडोलिडविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।

    जितसँगै बार्सिलोनाले ३४ खेलमा ७९ अंक जोडेको छ । यो दोस्रो स्थानको रियाल मड्रिडको भन्दा सात अंक बढि हो ।

    यता पराजित भाभालाडोलिड समान खेलबाट १९ अंकका साथ पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।

    होजे जोरिला रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फर्मिन लोपेजले गोल गरे । भालाडोलिडका लागि इभान सान्चेजले गोल गरे ।

    खेलको छैंटौं मिनेटमा सञ्चेजको गोलमार्फत भालाडोलिडले अग्रता लिएको थियो । तर दोस्रो हाफमा ६ मिनेट भित्र दुई गोल गर्दै बार्सिलोनाले स्पष्ट तीन अंक जोड्यो । राफिन्हाले ५४ र लोपेजले ६०औं मिनेटमा गोल गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस