बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अल अहली च्याम्पियन


    हुलाक प्रेस

    • आइतबार, वैशाख २१ २०८२११:२९
    अल अहली च्याम्पियन

    काठमाडौं । जापानी क्लब कावासाकी फ्रन्टालेलाई २-० ले पराजित गर्दै साउदी अरेबियन क्लब अलअहली पहिलो पटक एएफसी च्याम्पियन्स लिग एलिटको च्याम्पियन बनेको छ।

    साउदी अरबको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा शनिबार सम्पन्न फाइनलमा अल अहलीलाई जित दिलाउन गालेनो र फ्रान्क केस्सीले गोल गरे ।

    यससँगै अल अहली एएफसी च्याम्पियन्स लिग जित्ने साउदी अरबको तेस्रो क्लब बनेको छ । अल इत्तिहाद र अल हिलालले यो उपाधि जितेका थिए ।

    खेलको ३५औं मिनेटमा गालेनको गोलमार्फत अल अहलीले अग्रता लिएको थियो । उनले कप्तान रोबर्टो फिर्मिनको क्रसलाई बक्स बाहिरबाटै पोस्टको दिशा दिए ।  पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा केस्सीले टोलीको अग्रता दोब्बर बनाए । उनले पनि फिर्मिनोको पासलाई हेडमार्फत जाली चुमाए ।

    अल अहलीले साउदी प्रो लिग प्रतिद्धन्द्धी अल हिलाल र कावासाकीले क्रिस्टियानो रोनाल्डोसिम्मलित साउदी क्लब अल नासरलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस