काठमाडौं । नेपालले चीनमा जारी एसियाली खेलकुदको क्रिकेटमा लगातार दोस्रो जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अभिनाश बोहोरा एक्लैले ६ विकेट लिएपछि दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो। अभिनाशले एकै खेलमा दुई पटक एकै ओभरमा ३/३ विकेट लिएका थिए।
नेपालले दिएको २१३ रनको विशाल लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट भयो।
अभिनाशले छैठौं ओभरको तेस्रो, चौथो र छैठौं बलमा विकेट लिएका थिए। यसपछि अन्तिम ओभरको पहिलो, दोस्रो र चौथो बलमा पनि विकेट झारे।