बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यमल चम्किँदा फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा, उपाधि भिडन्त पोर्चुगलसँग


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २३ २०८२११:१५
    यमल चम्किँदा फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा, उपाधि भिडन्त पोर्चुगलसँग

    काठमाडौं । नौ गोल भएको दोस्रो सेमिफाइनलमा विश्वकप उपविजेता फ्रान्सविरुद्ध ५–४ को रोमाञ्चक जित निकाल्दै स्पेनले यूईएफए नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ ।

    बिहीबार राति जर्मनीमा भएको खेलमा स्पेनिस टोली युवा फरवार्ड लामिन यमलबाट प्रेरित रह्यो । स्पेनलाई जित दिलाउन यी युवा फरवार्डले दुई  गोल गरे । पेड्री, मिकेल मेरिनो र निको विलियम्सले समान एक गोल थपे ।

    फ्रान्सका किलियन एमबाप्पे, रान्डाल कोलो मुआनी र रायान चर्कीले समान एक गोल गरे । फ्रान्सले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो । स्पेनका ड्यानी भिभियनले खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा आत्मघाती गोल गरेका थिए ।

    खेलमा स्पेनले ५५औँ मिनेटसम्म फ्रान्सविरुद्ध ४–० को अग्रता बनाएको थियो । त्यसपछि इन्ज्युरी समयसम्म फ्रान्सले चार गोल फर्काए पनि हार टार्न सकेन ।

    स्पेनले अब उपाधि भिडन्तमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल सन् २०१९ को नेसन्स लिग च्याम्पियन टोली समेत हो । स्पेनले भने गत वर्ष यूईएफए युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।


    प्रतिक्रिया दिनुहोस