बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रियाल मड्रिडको कठिन जित


    हुलाक प्रेस

    • बुधबार, भदौ ४ २०८२०८:५३
    रियाल मड्रिडको कठिन जित

    काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा सुखद सुरुआत गरेको छ ।

    घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा मंगलबार सम्पन्न खेलामा रियालले ओसासुनाविरुद्ध १-० को कठिन जित निकाल्यो ।

    खेलको दोस्रो हाफमा किलियन एमबाप्पेले गरेको एकमात्र गोल रियाललाई जित दिलाउन पर्याप्त बन्यो । उनले पेनाल्टीमार्फत गरेका थिए । ओसासुनका रक्षक जुआन क्रुजले बक्सभित्र एमबाप्पेमाथि नै फउल गरेपछि रियालले पेनाल्टीको अवसर पाएको थियो । त्यसलाई एमबाप्पे सहजै पोस्टको दिशा दिए ।

    इन्जुरी समयमा मिडफिल्डर एबेल ब्रेटोनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो । 

    चोटका कारण लामो समय मैदान बाहिर रहेका रक्षक ड्यानी कार्भजाल यही खेलमार्फत मैदान फर्किएका छन् । कार्भजाल ३१८ दिनपछि रियालको जर्सीमा देखिएका हुन् । 


    प्रतिक्रिया दिनुहोस