बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अल नासरले अल इत्तिहादलाई हरायो


    हुलाक प्रेस

    • बुधबार, भदौ ४ २०८२०८:५६
    अल नासरले अल इत्तिहादलाई हरायो

    काठमाडौं । अल नासरले साउदी सुपर कपमा मंगलबार अल इत्तिहादविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

    हङकङ रंगशालामा अल नासरलाई जित दिलाउन साडियो माने र जोआओ फेलिक्सले गोल गरे । अल इत्तिहादका लागि स्टिवन बर्गविजनले गोल फर्काए ।

    खेलको १०औं मिनेटमा मानेको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । ६ मिनेटपछि नै बर्गविजनले अल इत्तिहादलाई बराबरीमा ल्याए ।

    मानेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि २५औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिएको थियो । फेलिक्सले ६१औं मिनेटमा गोल गर्दै अल नासरलाई २-१ को रोमाञ्चक जित दिलाए ।

    अब अल नासरले उपाधिका  लागि अल कादिसिया र अल अहलीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


    प्रतिक्रिया दिनुहोस