बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल दोस्रो जितको खोजीमा


    हुलाक प्रेस

    • आइतबार, भदौ ८ २०८२०९:४७
    साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल दोस्रो जितको खोजीमा

    काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा आज (भदौ ८) नेपालले बंगलादेशको सामना गर्दै छ । नेपाल दोस्रो जितको खोजीमा छ । खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयानुसार साँझ ६ बजे सुरु हुनेछ । 

    नेपालले यसअघि भुटानलाई २–१ ले हराएको थियो । नेपालले भारतसँग ७–० को फराकिलो हार व्यहोरेको थियो ।

    बंगलादेश पनि दोस्रो जितको खोजीमा छ । बंगलादेश यसअघि भारतसँग २–० ले पराजित भएको थियो । बंगलादेशले भुटानलाई ३–१ ले हराएको थियो ।

    प्रतियोगिता यही अगस्ट ३१ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र घरेलु टोली भुटान छन् । प्रतियोगिताका सबै खेल ‘डबल राउन्ड’ पद्धतिअनुसार खेलाइँदै छ । शीर्ष टोलीले उपाधि उचाल्नेछ ।


    प्रतिक्रिया दिनुहोस