बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट


    हुलाक प्रेस

    • सोमबार, असोज २७ २०८२०८:२२
    घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट

    काठमाडौँ । कोमोरोसविरुद्ध १-० को कठिन जित निकाल्दै घाना आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।

    घाना पाँचौं पटक फिफा विश्वकपका लागि छनोट भएको हो । यसअघि टोलीले सन् २००६, २०१०, २०१४ र २०२२ को विश्वकप खेलेको थियो ।

    एसीसीआए स्पोर्टस रंगशालामा मोहम्मद कुडुसले गरेको एकमात्र गोल घानालाई जित दिलाउन पर्याप्य बन्यो । उनले दोस्रो हाफको सुरुआतमै गोल गरेका थिए ।

    जितसँगै १० खेलमा २५ अंक जोडेको घाना समूह ‘आइ’ को शीर्ष स्थानमा रह्यो । घाना आगामी विश्वकपका लागि छनोट हुने पाँचौं अफ्रिकन तथा समग्रमा २१औं राष्ट्र हो ।

    यसअघि अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट र अल्जेरिया, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।

    ४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।
     


    प्रतिक्रिया दिनुहोस