बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • बायर्नको कीर्तिमानी सुरुआतमा पूर्ण विराम


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २३ २०८२०८:१३
    बायर्नको कीर्तिमानी सुरुआतमा पूर्ण विराम

    काठमाडौँ । ह्यारी केनले खेलको अन्त्यतिर गरेको गोलको मदतले बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा युनियन बर्लिनलाई २–२ को बराबरीमा रोकेको छ ।

    यो नतिजापछि बायर्नको सिजनमा कीर्तिमान सुरुआतमा पूर्ण विराम लागेको छ ।

    युनियनका लागि डानिल्हो डोइखी प्रत्येक हाफमा एक एक गोल गरे । त्यसपछि लुइस डियाजले बायर्नका लागि एक गोल फर्काए । केनले ९० औं मिनेटमा बराबरी गोल गरे र यो उनको सिजनको १३ औं गोल रह्यो ।

    यसअघि बायर्न सबै खाले प्रतियोगिताका १६ खेलमध्ये सबै १६ मा नै विजयी रहेको थियो । अहिलेको बराबरीपछि पनि बायर्न आरामले २८ अंकमा शीर्ष स्थानमा रहेको छ ।


    प्रतिक्रिया दिनुहोस