बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनपीएलः काठमाडौँले जनकपुरलाई हरायो


    हुलाक प्रेस

    • सोमबार, मंसिर १ २०८२१०:०३
    एनपीएलः काठमाडौँले जनकपुरलाई हरायो

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ ।

    काठमाडौँले एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको हो । जनकपुरले काठमाडौँलाई १३१ रनको लक्ष्य दिएको थियो ।

    काठमाडौँले उक्त लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि बेन कार्ल्सवोर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिमप्सनले १३ रन बनाए ।

    बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल शाह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ति र जान निकोल लोफ्टी-इटनले एक–एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।

    जनकपुरका लागि आशिफ शेखले सर्वाधिक ५४ रन बनाएका थिए । मयन यादवले ३४ र लाहिरु सामाराकुनले २२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    बलिङतर्फ काठमाडौँका मिलिन्द कुमारले ३ तथा करण केसी, शाहब आलम र सन्तोष यादवले एक–एक विकेट लिएका थिए ।


    प्रतिक्रिया दिनुहोस