बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महिला भलिबलः एपिएफ फाइनल प्रदेश


    हुलाक प्रेस

    • शनिबार, मंसिर २० २०८२०९:१८
    महिला भलिबलः एपिएफ फाइनल प्रदेश

    झापा । यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ । 

    अर्जुनधारामा जारी प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यू डायमन्डलाई पराजित गरेको हो । 

    एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यू डायमन्डलाई स्तब्ध पारेको थियो । न्यू डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई रू नगद पाँच हजार र ट्रफी प्रदान गरिएको छ । 

    आजको जितसँगै एपिएफले आइतबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

    प्रतियोगिता विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।  


    प्रतिक्रिया दिनुहोस