काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ ।
आज बिहान ११ः०० बजे हुने भनिएको बैठक बस्न नसकेपछि १ बजेलाई राखिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।