बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ‘अधिकार माग्न काठमाडौं जानु पर्दैन, पशुपति र स्वयम्भु घुम्न जानुस’ : रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह


    हुलाक प्रेस

    • सोमबार, माघ ५ २०८२०५:४६
    ‘अधिकार माग्न काठमाडौं जानु पर्दैन, पशुपति र स्वयम्भु घुम्न जानुस’ :  रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह

    काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुर पुगेर मैथिली भाषामा सम्बोधन गरेका छन् । 

    सम्बोधनमा उनले काठमाडौंमा दैनिक रूपमा उखु किसान र मिटरब्याज पीडितको आन्दोलन चलिरहेको स्मरण गराउँदै आफू प्रधानमन्त्री बने ती समस्या समाधान गर्ने दाबी गरे । 

    उनले भने, ‘अधिकार माग्न काठमाडौं जानु पर्दैन, पशुपति र स्वयम्भु घुम्न जानुस।’ उनले आफु काम गर्ने मान्छे भएको हुँदा एक पटक मौका दिन पनि आग्रह गरे । 

    बालेनले मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकै ठाउँमा जुटेको उल्लेख गर्दै देशको विकास भनेको सबै जात र समुदायको समान विकास हुनुपर्नेमा जोड दिए । 

    बालेनले मेयरबाट राजीनामा दिएर फुर्सदमा भएको सुनाउँदै भने 'मधेशी प्रधानमन्त्री बन्नकै लागि होइन, सही सरकार बनाउन मत आवश्यक छ।’ 


    प्रतिक्रिया दिनुहोस