बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इन्जुरी समयमा हालान्डको पेनाल्टी गोल, लिभरपुलमाथि सिटीको जित


    हुलाक प्रेस

    • सोमबार, माघ २६ २०८२०८:३९
    इन्जुरी समयमा हालान्डको पेनाल्टी गोल, लिभरपुलमाथि सिटीको जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको छ ।

    सिटीले लिभरपुललाई उसैको मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको उत्तरार्द्धतिर सबै गोल भएका थिए ।

    लिभरपुलले ७४औं मिनेटमा डोमिनिक सोबोस्लाइको गोलमार्फत अग्रता लिएको थियो । ८४औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

    इन्जुरी समयको तेस्रो मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई जित दिलाए । लामो समय चलेको इन्जुरी समयको १३औं मिनेमा सोबोस्लाइले रातो कार्ड समेत पाएका थिए ।

    जितपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाएको छ । सिटीको २५ खेलमा ५० अंक छ । शीर्षस्थानको आर्सनलको ५६ अंक छ । पराजित लिभरपुल ३९ अंक जोडेर छैटौं स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस