बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साउदी अरेबिया र उरुग्वेे बराबरीमा रोकिदा अंक बाँडे


    हुलाक प्रेस

    • मंगलबार, असार २ २०८३०६:५३
    साउदी अरेबिया र उरुग्वेे बराबरीमा रोकिदा अंक बाँडे

    काठमाडौं । विश्वकपमा साउदी अरेबिया र उरुग्वेले अंक बाँडेका छन् ।

    अमेरिकाको मायामीमा भएको खेल बराबरीमा टुंगिएसँगै उनीहरूले १-१ अंक बाँडेका हुन्। खेलको पहिलो हाफमा साउदी अरेबियाले अग्रता कायम गरेको थियो । ४१ औँ मिनेटमा साउदीका अब्दुलेला अलमरीले गोल गरेका थिए ।

    उरूग्वेले खेलको ८० औँ मिनेटमा गोल फर्काएको थियो । मेक्सी आराहोले उरुग्वेका लागि गोल गरेका थिए ।

    दोस्रो हाफमा उरुग्वेले  निकै आक्रामक खेलेको थियो । प्रहार बढाए पनि गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो । 


    प्रतिक्रिया दिनुहोस