बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अल्जेरियाविरुद्ध मेस्सीको दोस्रो गोल


    हुलाक प्रेस

    • बुधबार, असार ३ २०८३०८:२२
    अल्जेरियाविरुद्ध मेस्सीको दोस्रो गोल

    काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा अल्जेरियाविरुद्धको अग्रतालाई दोब्बर बनाएको छ ।

    अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाएका हुन् ।

    मेस्सीले खेलको ६०औं मिनेटमा गोल गरे । एलेक्सिस म्याक एलिस्टरले हानेको बल अल्जेरियाका गोलकिपरको हातमा लाग्दै रिबाउन्ड भएको थियो । रिबाउन्ड भएको उक्त बललाई मेस्सीले गोलको दिशा दिए ।

    यसअघि १७औं मिनेटमा मेस्सीले नै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । विश्वकपमा यो उनको १५औं गोल हो ।


    प्रतिक्रिया दिनुहोस