काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन् ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अर्जेरियाविरुद्ध अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ७६ औ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका छन् । मेस्सीले खेलको ६०औं मिनेट र ७६ मिनेटमा दोस्रो हाफमा गोल गरे । यसअघि १७औं मिनेटमा मेस्सीले नै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । विश्वकपमा यो उनको १६ औं गोल हो ।